कला साहित्य / मनोरञ्जन

‘यो उनि बसेको छाती हो आगो नलगाई दिनोस्’

  • प्रदिप रोदन

मलाई लगेर गाडिदिनोस् जिम्मा माटोलाई दिनोस् !
यो उनि बसेको छाती हो आगो नलगाई दिनोस् !

हजुरको खुशीको लागि मर्ने निर्णय गरेको हुँ,
कमसेकम अब त एकपटक मुस्कुराइ दिनोस् !

आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ,
छोरा मरेको खबर आमालाई नसुनाइ दिनोस् !

डाक्टर सा’ब म चामल बेचेर जँचाउन आएको हुँ,
बिन्ती मलाई खाली पेटमा खाने दबाइ दिनोस् !

भगवान तपाईले आज सम्म मलाई रुवाउनु भयो,
आज मृत जन्मेको मेरो बच्चालाई पनि रुवाईदिनोस् !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

डा. गोविन्द केसी अब काठमाडौंमै अनशन बस्ने
डा. गोविन्द केसी आईसीयूमा भर्ना
विमानस्थलमा उडानको चाप बढ्दै
अछामका स्थानिय तहमा कोरोना खर्च मात्रै ११ करोड भन्दा बढी