मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलाई जन्माउनेको खुन बोके र म हारे

मलाई जन्माउनेको खुन बोके र म हारे


  • अमरदीप शर्मा

अनौठो हाल अनि चाल देखे र म हारे
पुरुष कलिलो प्रकृति लेखे र म हारे
स्वार्थ कस्तो हुन्छ खै हेर्नू छ अब त
बाउ बचाउन आमा छेके र म हारे !

रिण त जन्मिदै बोकिन्छ मेरो देशमा
दाग बत्तिको आड टेके र म हारे
होईन ईच्छा महेशकै हुने भए सधै
मलाई जन्माउनेको खुन बोके र म हारे !!

कपट भोलीको होईन त्यै बोली मै हुन्छ
घरले जा जा भन्ने भाव जोखे र म हारे
तपस्वी जो देख्छ देखि सके पछि पनि
कुन्ठित सन्सारी भाव बोके र म हारे !!!