प्रदेश समाचार

संविधानसभा सदस्य कामीका धर्मपत्नीको मृ’त्यु

अछाम – संबिधान सभा सदस्य भैरे कामीका धर्मपत्नी कल्धरी कामीको नि’धन भएको छ। उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृ’त्यु भएको हो।

गएको साउन २८ गते डोटी जिल्लाको पुर्विचौकी गाउँपालीका १ फुलौटमा भएको दुर्घटनामा उनि गम्भीर घाइते भएकी थिन।

धनगढीबाट मंगलसेन आउँदै गरेको कर्णाली रिभर यातायात प्रा.लि.को ना ६ ख २५२९ नं को बस दुर्घटना हुँदा उनि घाइते भएकी थिन।

मंगलसेन नगरपालिका वडा न. ७ घर भएका कामीका श्रीमतीको ५४ बर्षको उमेरमा मृत्यु भएको पारीवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हिमाली गाउपालिका र रारा कैलाश टुर्सको साझेदारीमा जलयात्रा सञ्चालनमा
सुदूरपश्चिमका झण्डै ५८ सयले जिते कोरोना भाइरस
सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृ’त्यु
मंगलसेन नगरमा सुरु भएको अनलाईन प्रणालीको सेवा प्रभावकारी हुने विश्वास