बिबिध

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ६७ लाख बढी, ८ लाख ७६ हजार नाघ्यो

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार २१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९४ हजार ५३३ संक्रमित थपिएका छन् भने ५ हजार ४४६ संक्रमितको ज्यान गएको छ । 

विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ७६ हजार ६१६ पुगेको छ । 

कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहँदा दैनिक ५ हजार देखि ६ हजार संक्रमितको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हराएको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि भेटियो
१६ वर्ष उमेरकालाई बढी मा’नसि’क सम’स्या
सुदूरपश्चिमेली नेपाली समाजद्वारा अछामको चौरपाटीमा खाद्यान्न वितरण
भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएन, एकै दिन ९० हजार बढी संक्रमित थपिए