मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हत्याको आशंकामा माईती पक्षद्वारा किटानी जाहेरी

हत्याको आशंकामा माईती पक्षद्वारा किटानी जाहेरी


अछाम – कैलाश खोलामा १९ गते मृत अवस्थामा भेटिएकी महिलाको हत्याको आशंकामा माईतीले किटानी जाहेरी दिएका छन् ।

मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँ निबासि रेश्मा कुवर रावल कैलाश खोलामा मृत अवस्थामा भेटिएकी थिईन् । माईती पक्षले मृतकका श्रीमान् निरज रावलको नाममा किटानी जाहेरी दिएका हुन् ।

रेश्माको टाउँकोमा चोट लागेको र दुबै कानबाट रगत बगेको देखिएकाले आत्महत्या नभएर हत्या नै गरेकोले किटानी जोहरी दिएको मृतकका बुवा छत्र कुँवरले बताए । प्रहरीले तिनदिन पछि मात्र किटानी जोहरी लिन मानेको कुँवरले बताउनु भयो । श्रीमान्ले मदिरा खाएर कुटपिट गरेको भन्दै पटक पटक भागेर रेश्मा माईत आउने गरेको आमा अमरकला कुवरले बताए ।

१८ गते साझ खाना ढिलो पकाएको भन्दै श्रीमान् श्रीमती बिच बिवाद भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । माईती पक्षको किटानी जाहेरीपछि अब घटनाको अनुसन्धान अगाडी बढाउने डिएसपी योगेन्द्र सिह थापाले जानकारी दिए। निरजले चार महिना पहिले रेश्मासंग बिहे गरेका थिए ।