मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

सुदूर आज

विराटनगर ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष छन्। प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उपचारका क्रममा मोरङको बेलबारी- ५ की ५६ वर्षीया महिला र झापाका ८३ वर्षीय पुरुष छन् ।

झापाका पुरुषलाई बीएण्डसी हस्पिटल बिर्तामोडले बीपी रिफर गरेको थियो । कमल गाउंपालिकाको स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बिरामी भएपछि ती पुरुषलाई उपचार गर्न दमकको लाइफलाईन अस्पताल पठाइएको बताए । उनी कमल गाउँपालिका केर्खाका हुन । पुरुषमा सुगर,प्रेसर र मृगौलामा समस्या थियो ।

भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए । उनको शुक्रबार  बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  यस्तै, बेलबारीकी महिलालाई कोसी अस्पतालले धरान रेफर गरेको थियो ।

भदौ ९ गते धरान भर्ना भएकी थिइन् । उनको सोही दिन पीसीआर पोजेटिभ आएको थियो । उनको पनि बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको  प्रतिष्ठानले छ ।