मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका एक वडा अध्यक्षले गरे खानेपानी योजनामा तोडफोड

अछामका एक वडा अध्यक्षले गरे खानेपानी योजनामा तोडफोड


अछाम – जिल्लाका एक वडा अध्यक्षको नेत्रित्वमा खानेपानीको मुहान तोडफेड गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष पुर्ण बहादुर रावलको नेत्रित्वमा पञ्चदेवल विनायक नगरपालिकाको खानेपानी योजनाको मुहान पुर्ण रुपमा क्षेती हुने गरि तोडफोड गरिएको हो ।

वडा नम्वर २ विनायक र वडा नम्वर ६ तोलीको सिमानामा पर्ने उक्त मुहानको पानीबाट सम्पुर्ण तोली बासी लाभाम्वित भइरहेका र आफु संग कुनै सहकार्यनै नगरि योजनाको काम धमाधम भइरहेकाले निर्माणधिन योजना तोडफेड गर्न बाध्य भएको अध्यक्ष रावलले स्वइकारेका छन ।

आफ्नै ठाउँमा निर्माणधिन योजनाको बिषयमा कुनै जानकारी नभएको र यसरी सहकार्य विनै मनोमानी ढंगबाट पानी लिन खोजेको भन्दै अध्यक्ष रावलले आपत्ती जनाए ।

नगरपालिकाको आर्थिक बर्ष २०७६÷७७ र ०७७÷७८ को बिनियोजित बजेट मार्फत निर्माण भइरहेको खानेपानी योजना विवादित बनेपछि योजनाको निर्माण कार्य रोकिएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको खानेपानी योजनामा आफ्ना पार्टीका कार्यकर्ता उपभोक्ता समितिमा नसमेटिएको भन्दै अध्यक्षले यसरी तोडफोड गर्न निर्देशन दिएको उक्त योजना उपभोक्ता समितीका अध्यक्ष बखत बहादुर कडायतले आरोप लगाए ।

नगपालिकाको बाघ डोर सम्हालेका वडा अध्यक्ष जस्तो जिम्मेवार पदमा रहि नगरपालिकाकै योजनामा गुण्डागर्दि शैलीबाट हस्तक्षप गर्न खोज्नु गएर जिम्मेवारी काम भएको समिती अध्यक्ष कडायतले खेद पर्कट गरे ।