मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा फेरी लकडाउन, हिँडडुलमा समेत रोक (निर्णय सहित)

पञ्चदेवल नगरपालिकामा फेरी लकडाउन, हिँडडुलमा समेत रोक (निर्णय सहित)


अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा पुनः लकडाउन गरिएको छ ।
भारतबाट जिल्ला भित्रिने र सिधै घर पठाउने ब्यावस्था र नगरका बजार क्षेत्रमा अनावश्यक भिडभाड बढेको पाइएकाले नगरपालिकाले फेरी बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

जिल्ला विपद ब्यावस्थापन समिती अछामले श्रावण २८ गते गरेको निर्णय अनुसार पञ्चदेवल विनायक नगरपालिकाको संकट व्यावस्थापन केन्द्रले तिज लगायत कुनै पनि मेला पर्व, महोत्सव,गोष्टी,सेमिनार,छलफल,भेला जस्ता सामुहिक जमघट पुर्ण रुपमा बन्द गर्ने निर्णय गरे संगै शुक्रबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरोकारवालासंग अन्तरक्रियात्मक बैठक नगरपालिकामा सम्पन भएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीको अध्यक्षतामा सम्पन्न बैठकबाट नगरपालिका बजार क्षेत्रमा अत्यावश्यक सेवाका खाद्यान्न,तरकारी तथा दुग्ध पसलहरु दिनभर सन्चालन हुँदा जोखिम बढ्ने सम्भावना देखिएकाले विहान ६ बजे देखि १० बजे सम्म मात्र सन्चालन गर्ने निर्णय गरिएको विपत ब्यावस्थापन केन्द्र साखा प्रमुख भरतराज अधिकारीले जानकारी दिनु भयो ।

नगरस्तरीय संकट व्यावस्थापन केन्द्र र बैठकको समेत निर्णयलाई उलङ्घन गर्ने ब्याक्तीलाई पहिलो पटक १ हजार जरिवाना र पुनः दोहोरिएमा संक्रामक रोग नियन्त्रण ऐन ले ब्यावस्था गरे बमोजिम सजाय गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।

नगरपालिकाले निर्णय मात्रै नगरि सहि र पारदर्साी रुपमा कार्यान्वयन गर्नु पर्ने सरोकारवाला ब्याक्तीहरुले बताएका छन । बिगतका दिनमा पनि नगरपालिकाले गरेका निर्णय सहि ढंगबाट कार्वान्वयन नभएका र त्यसले थप जोखिम निम्त्याएकाले आगामी दिनमा नगरपालिकाले कडा रुपमा अनुगमन गर्न जरुरी रहेको बैठकमा सहभागीहरुले जोड दिएका छन ।