मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकको मष्टामाण्डौ आधारभुत विद्यालयमा अज्ञात समुहद्धारा भौतिक संरचना तोडफोड

विनायकको मष्टामाण्डौ आधारभुत विद्यालयमा अज्ञात समुहद्धारा भौतिक संरचना तोडफोड


अछाम – जिल्लाको पंचदेवल विनायक नगरपालिकामा रहेको मष्टामाण्डौ आधारभुत विद्यालय विनायकमा अज्ञात समुहद्धारा पटकपटक भौतिक संरचना तोडफोड भइरहेको छ ।

नगरपालिका वडा नम्वर २ स्थित उक्त विद्यालयमा पटक पटक चोरी हुने, विद्यालयका झ्याल ढोका तोड फोड गर्ने, घेरा पर्खाल भत्काउने गरेको पाइएको विद्यालयका अभिभावक तथा विद्यामन्दिर नमुना माद्यामिक विद्यालयका शिक्षक दान बहादुर धामीले जानकारी दिए ।

विद्यालय जस्तो संवेदनसिल क्षेत्रमा रात्री मदिरा सेवन गरि घेरा पर्खाल भत्काइ शैक्षिक सामाग्री समेत तोडफोड गर्ने गरेको पाइएकाले यस्तो कार्य गर्ने जोसुकैलाई पत्ता लगाई कानुनी कार्वाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।

विद्यालय हाता भित्र पशु चौपाय चराउने गरेको र पुर्वी अछामको प्रमुख धार्मीक स्थल मष्टामाण्डौ नजिकै रहेको उक्त विद्यालय हाता भित्र जताततै फोहोर हुने भएकाले यस्तो कार्य नगर्न विद्यालय स्रोतले आग्रह गरेको छ ।

मंगलवार विद्यालयको हाता भित्र विभिन्न जातीका ४ सय बोट विरुवा वृक्षारोपण गरिएको छ । विद्यालयका प्रधानाध्यापक,विद्य्यालय ब्यावस्थापन समिती अध्यक्ष तथा स्थानियको सहयोगमा वृक्षारोपण गरिएको हो ।