मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिना मास्क हिँडडुल गर्नेलाई विनायक प्रहरीले कारबाही गर्न छाड्यो

बिना मास्क हिँडडुल गर्नेलाई विनायक प्रहरीले कारबाही गर्न छाड्यो


अछाम– विनायक प्रहरीले बिना मास्क हिँडडुल गर्नेहरुलाई काब्राही गर्न छाडेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा सुरक्षार्थ इलाका प्रहरी कार्यालय विनायकले बजारमा अनावश्यक हिँडडुल गर्ने, मास्क नलगाउने, सामाजिक तथा भौतिक दुरी कायम नगरि भिडभाड गर्ने मानिसहरुलाई प्रहरीले कार्वाही गर्न छाडेको हो ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले हिँडडुल गर्दा मास्क अनिवार्य गरेको छ । यता विनायक प्रहरीले भने गृह मन्त्रालयलयको आदेशलाइनै अटेरी गरेको छ ।

केहि दिन अघि मात्रै करिब २ दिन जति मास्क नलगाई हिँडडुल गर्नेहरुबाट १ सय रुपयाँ जरिवाना असुली गरेको प्रहरी आजभोली विनायक बजारमा बेखबर जस्तै बनेको छ ।

सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेको थियो । त्यससँगै पछिल्लो समय भीडभाड बढ्नुका साथै स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने क्रम बढेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन र प्रहरीलाई परिपत्र गर्दै उल्लंघन गर्नेलाई कारवाही गर्न निर्देशन दिएको हो ।

यता इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायव निरिक्षक विर बहादुर भुलले भने भेटाए जति कार्वाही गरिरहेको दाबी गरेका छन । बिना मास्क हिँडडुल गर्नेहरुबाट के कती जरिवाना र हाल सम्म कति जनालाई कार्वाही गरियो भनेर बुझ्न खोज्दा जिल्ला प्रशासन बाट आएको एक ठेलीमा १० वटा बाँकी र अरु सबै सकिएको भन्दै इलाका प्रहरी इन्चार्ज भुलले शुदुर आजलाई हाँस्यास्पद अभिब्यक्ती दिएका छन ।