मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित व्यवसायी धामी काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित

चर्चित व्यवसायी धामी काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित


अछाम – नेपालका चर्चित व्यवसायी जनक धामी नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभाग सदस्यमा मनोनयन भएका छन् ।

हरपल फुड्स प्रा.ली.का अध्यक्ष, एवम सफल व्यावसायी, उद्यमी तथा रेडियो पञ्चदेवल ८८. ६ मेघाहर्जका मुख्य संरक्षक जनक बहादुर धामी उद्योग बिभागको केन्द्रिय सदस्यमा मनोनित भएका हुन ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ संशोधन सहित को धारा २५ ९ बमोजिम धामीलाई विभागको केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

सभापतिले विभागको केन्द्रीय सदस्यमा मनोनित गरेको खबर पाउँदा खुसी लागेको बताउँदै धामीले जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।