मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकमा बिधुत सेवा – अव्यवस्थित लाइन विस्तारले स्थानीय समस्यामा

विनायकमा बिधुत सेवा – अव्यवस्थित लाइन विस्तारले स्थानीय समस्यामा


अछाम– पछिल्लो समय विनायकमा विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् ।
छिनछिनमै बिजुली आउने र जाने हुन थालेपछि सेवाग्राही मारमा परेका हुन् । विद्युत प्रवाह अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीहरूले बताएका छन् ।

विद्युत कहिल्यै नियमित नआउने र आए पनि कम भोल्टेजमा आउने र नियमित गर्ने कामहरु अवरुद्ध हुने गरेको स्थानिय ब्यापारी विनोद तिमिल्सैनाले बताएका छन ।

उनका अनुसार कहिले कम भोल्टेज त कहिले बढी भोल्टेजमा विद्युत प्रभाह हुदा होटलका फ्रिज, मिक्सर लगायतका अन्य विद्युतिय सामाग्रीहरु विग्रिने गरेका छन । विनायकमा विद्युत सेवा प्रभाह गरेको तालागाड लघु जलविद्युत बेला बेलामा आउने जाने हुने गरेको छ ।

नियमित नआउँदा मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसलहरू, विद्युतबाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको छ । नगरमा सञ्चालित सञ्चार माध्यमहरू पनि मारमा परेका छन्‌ ।

करेन्ट प्रभाह भएका तारहरु पनि ब्यावस्थित हुन नसक्दा झनै मानव जोखिम निम्तिएको छ । विजुलीका तारहरु जमिन छुइने गरेर अवस्थित लाइन विस्तार गरेका कारण मानव समुदायमा जोखिम निम्तिएको हो ।

केहि दिन अघि मात्रै पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्विका चलाउनेले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै तालागाड लघु जलविद्युतको लाइन विस्तार होचा पोलहरुमा भएको र मकै पाक्ने बेलामा मकै बाढेर लाइन सम्म छुने गरेको र हरियो विरुवाले मकै बारीमा समेत करेण्ट प्रभाह हुने भएकाले जोखिम निम्तिएको प्रती विद्युत सन्चालकको ध्यानार्कषण गराएका थिए ।

निकट दिनहरुमै दिगो र प्रभावकारी रुपमा विद्युत नियमित गर्ने दाबी गरेका बिद्युत सन्चालकहरु भने बेखबर जस्तै बनेका छन । केहि दिन अघि मात्रै शुदुरआज संगकोे संक्षिप्त कुराकानीका क्रममा विद्युतको बाँध कुलो दिगो बनाउने र बिद्युत सन्चालनमा केहि प्राविधिक समस्या आउने गरेकाले विद्युत नियमित रुपमा सन्चालन गर्ने कुरामा विद्युत सन्चालक मान बहादुर शाहीले प्रतिबद्धता जनाएका थिए ।

यो पनि पढ्नुहोस