मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लयाँटीको बारलागाड बिधुत ७ बर्ष पछि संचालनमा आयो

लयाँटीको बारलागाड बिधुत ७ बर्ष पछि संचालनमा आयो


अछाम – बारलागाड लघु जलविद्युत ७ बर्ष पछि सन्चालनमा आउने भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिको वडा नम्वर ५ मा रहेको करिव ७ बर्ष देखि अवरुद्ध बारलागाड लघु जलविद्युत अव केहि दिनमै सन्चालनमा आउने भएको हो ।

करिव ७ बर्ष सम्म अवरुद्ध बनेको उक्त विद्युत गत बर्ष नगरपालिकाले १२ लाख बजेट खर्च गरेर उक्त विद्युत सन्चालनमा आउन लागेको वडा नम्वर ५ का वडा अध्यक्ष कुल बहादुर बुढाले बताए ।

करिव ७ बर्ष सम्म विद्युत पुर्ण रुपमा अवरुद्ध बने संगै तत्कालिन लयाँटी गाविस वडा नम्वर ५,६,७,८,९ का हजारौ नागरिक अन्धकारमा बस्न बाध्य भएका थिए ।

बर्षौ सम्म विद्युत अवरुद्ध हुँदा जताततै तार अव्यस्थित भएको र कतिपय ठाउँमा कमजोर पोलका कारण तारनै नभएका कारण अहिले लाइन विस्तार गर्ने काम करिव अन्तिम चरणमा पुगेको र केहि दिनमै आधा भन्दा बढी घरहरुमा पुनः विद्युत विस्तारको काम सक्ने र नियमित विद्युत सन्चालनमा आउने वारलागाड लघु जलविद्युत उपभोक्ता समितीका अध्यक्ष एकेन्द्र बुढाले शुदुरआजलाई जानकारी दिए ।

बर्षौ सम्म अवरुद्ध बत्ती नियमित सन्चालनमा आउने भएपछि लयाँटीका नागरिकमा खुसी भएका छन ।