मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बिसीको उपचारका लागि पत्रकार महासंघ बाजुराले गर्यो सहयोग

पत्रकार बिसीको उपचारका लागि पत्रकार महासंघ बाजुराले गर्यो सहयोग


बाजुरा: अछाममा कार्यरत पत्रकार ध्रुव बिसीको उपचारका लागि नेपाल पत्रकार महासंघ बाजुरा शाखाले दश हजार सहयोग गरेको छ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाको साउन २४ गते बसेको १९औँ बैठकको निर्णय बमोजिम पत्रकार बिसीको उपचारका लागि सहयोग गरिएको हो। 

दुईवटै मृगौला समस्या आएकाले काठमाण्डौ स्थित बिर अस्पतालमा उपचाररत रहेका पत्रकार बिसीलाई बाजुरा शाखाबाट थोरै भएपनि सहयोग गरेको नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले बताए। मृगौला फेर्नुपर्ने र उपचारमा ठुलो रकम लाग्ने भएकाले सहयोग स्वरुप बाजुरा शाखाले सहयोग गरेको अध्यक्ष सिंहको भनाइ छ। 

उनको उपचारका लागि नेपाल पत्रकार महासंघ बाजुरा शाखाले व्यक्तिगत सहयोग गर्न इच्छुकहरुलाई समेत सहयोगको अपिल गरेको छ। सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासघं बाजुरा शाखासंग समन्वय तथा पत्रकार बिसीको खातामा सिधै रकम पठाउन सकिने पत्रकार महासंघ बाजुरा शाखाका सचिव प्रेम बिकले बताएका छन्।

पत्रकार ध्रुर्व बिसीको नेपाल राष्ट्रिय वाणिज्य बैंक अछाम शाखामा रहेको खाता नम्बर ४२६००१००००६३४२०१० मा पठाउन सकिने सचिव बिकले बताएका छन्। उनको मृगौला समेत फेर्नुपर्ने भएकोले उपचारमा सहयोगका लागि सबैसंग अपिल गरिएको नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बताएको छ।

पत्रकार बिसी रेडियो सोसाइटी अछामका प्रबन्ध निर्देशक नयाँ पत्रिका दैनिक र हिमालयन टेलीभजनमा कार्यरत रहेका छन्।