मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

नेपालमा हाल ६ हजार ५४४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५१५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४ लाख ४३ हजार ८०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ४० जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ रहेको छ।

हाल विभिन्न क्वारेन्टिनमा ११ हजार ३८ जना रहेकाे मन्त्रालयले जनाएकाे छ। काेराेना संक्रमणबाट नेपालमा हालसम्म ७५ जनाकाे मृत्यु भइसकेकाे छ।