मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको उपचारका लागी विदेशबाट पनी आर्थीक सहयोग जम्मा हुदै

पत्रकार बीसीको उपचारका लागी विदेशबाट पनी आर्थीक सहयोग जम्मा हुदै


अछाम – मृगौला पिडित अछामका पत्रकार ध्रुव बीसीको उपचारका लागी मलेसीयाबाट आर्थीक सहयोग संकलन भएको छ । पत्रकार बिसीका दुवै मिर्गौलाले काम गर्न छाडेको समाचार प्रकासन तथा प्रसारण भएपछी मलेसीयामा रहेका सहयोगीमनहरुले आर्थीक सहयोग गरेका हुन् ।

मलेसीयामा रहनु भएका मंगलसेन नगरपालीका वडा नम्बर ३ खालगडा निवासी डिल्लीबहादुर साउँदले २ हजार ८ सय ३०, जितेन्द्रबहादुर साउँदले २हजार ८ सय ३०, सुरतबहादुर साउँदले २ हजार ८ सय ३० रुपया आर्थीक सहयोग गर्नुभएको हो । यस्तै जनकपुर घरभै हाल मलेसीयामा रहनु भएका दिपेन्द्र मण्डलले २ सय ८३, काभ्रे घरभै हाल मलेसीयामा रहनुभएका विष्णु रम्तेलले १ हजार ४ सय १५, पाल्पा घरभै हाल मलेसीयामा रहनु भएका तिर्थ दमाईले १ हजार ४ सय १५ र धनुषा घरभै अहिले मलेसीयामा रहनु भएका आनन्द मण्डलले ५ सय ६६ रुपया पत्रकार विसीको उपचारको लागी सहयोग गर्नुभएको हो ।

आज मलेसीयामा रहनुभएका सुभचिन्तकबाट जम्मा १२ हजार १ सय ६९रुपया संकलन भएको छ । यसैविच प्रत्रकार विसीको उपचारका लागी सरकारी संघसंस्था देखी स्थानीय सहयोगीमन हरुबाट पनी सहयोग संकलन हुन थालेको छ ।

जस अन्र्तगत ढकारी गाउँपालीका वडा नम्बर ३ हिच्मा गोठामेला निवासी तथा हाल मंगलसेनमा रहनु भएका कर्ण बुढाले ५ हजार, मंगलसेन नगरपालीका वडा नम्बर ३ तथा मंगलसेन नगरकमीटी सदस्य चक्र साउँदले पनी २ हजार आर्थीक सहयोग गर्नुभएको छ ।

पत्रकार विसीको उपचारका लागी सहयोग गर्न चाहानेले राष्ट्रिय वाणिज्य बैक, मंगलसेन शाखा अछामको खाता नम्बर ४२६०१००००६३४२०१० नम्वरमा सहयोग रकम जम्मा सक्नुहुनेछ ।