मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोना संक्रमित मृतकको संख्या ७४

देशभर कोरोना संक्रमित मृतकको संख्या ७४


पोखरा– पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबारराती ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आचार्यले बताए ।

मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनी पोखराका पहिलो ब्यक्ति हुन । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । बिहीबार ५, शुक्रबार ५ र शनिबार ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।