मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामको जन्म चितवन माडीमै भएको हो : प्रधानमन्त्री

रामको जन्म चितवन माडीमै भएको हो : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि नेपालको चितवनस्थित माडीमै भएको उल्लेख गर्दै त्यहाँ विशाल मुर्ती स्थापना गर्न भनेका छन् । माडी नगरपालिकाका प्रमुख सहितको प्रतिनिधि मण्डललाई प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडी नगरपालिकामै भएको बताउँदै त्यहाँ विशाल मुर्ती स्थापनाका लागि संघीय सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको बताए ।

उनले भने, “रामको जन्मभूमि माडीको अयोध्यापुरीमै रामको जन्म भएको हो भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । त्यहाँ विशाल मन्दिर निर्माणका लागि प्रस्ताव ल्याउनुस् । सकेसम्म म आफैं पनि त्यहाँ एकपल्ट आउनेछु भनेर भन्नुभयो ।”

प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेका थिए । उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाइनेछ ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा रामको जन्मभूमि माडीको अयोध्यापुरीमै भएको भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायतका काममा सरकारको तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएका थिए ।