मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी चिकित्सक संघमा नयाँ नेतृत्व, अध्यक्षमा डा. खड्का

सरकारी चिकित्सक संघमा नयाँ नेतृत्व, अध्यक्षमा डा. खड्का


काठमाडौँ – सरकारी चिकित्सक संघ नेपाल (गोदान)मा डा. रविन खड्का नेतृत्वको प्यानल विजयी भएको छ ।

अध्यक्ष खड्का ४८० मतका साथ विजयी भएका हुन्। उनको प्रतिस्पर्धामा रहेका डा. समाज गौतमले २३७ मत प्राप्त गरेका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा डा. विजय थापा विजयी भएका छन्। उपाध्यक्षमा डा. सुशील मोहन भट्टराई विजयी भएका छन्।

यस्तै महासचिवमा डा. कीर्तिपाल सुवेदी, सचिवमा डा. रोशन भगद र कोषाध्यक्षमा डा. सुधा साही विजयी भएका छन्।