मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक करोड २५ लाख ५० हजार मानिस कोरोनामुक्त

एक करोड २५ लाख ५० हजार मानिस कोरोनामुक्त


भियतनामको राजधानी हनाईमा कोरोना भाइरस परीक्षणका लागि पालो पर्खिरहेका मानिस। तस्बिर : एएफपी

जेनेभा- विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। कोरोना भाइरस संक्रमणको कारण विश्वभर सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शनिबार जानकारी दिएको छ ।

शनिबारसम्म विश्वभरमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। तीमध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। अमेरिकामा ५० लाख ९५ हजार ७४८ जना कोरोना भाइरसका संक्रमित छन्।

यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ। दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस संक्रमित छन्। यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ।

उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस संक्रमति छन्। यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ। युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ।

एसियामा ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ। अफ्रिकामा १० लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ।

ओसियानामा २२ हजार ५७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ। –एएफपी