मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामी माग्ने बुढाको “अछामी नौमुठे गाईजात्रा २०७७” सार्वजनिक

अछामी माग्ने बुढाको “अछामी नौमुठे गाईजात्रा २०७७” सार्वजनिक


अछाम ।

अछामी माग्ने बुढा नामको उपमा पाएका लोकदेउडा गायक तथा हास्य कलाकार जनक साँउदको अछामी नौमुठे गाईजात्रा २०७७ सार्वजनिक भएको छ । गितसंगित संगै हाष्यबंग्यमा समेत अब्बल रहेका साँउदले गाईजात्रा कोशेली सार्वजनिक गरेका हुन् ।

पछिल्लो पटक देउडा गितमा फरकपन दिदैँ चर्चामा आएका कलाकार जनक साँउदको आफ्नै शब्द र स्वरमा अछामी नौमुठे गाईजात्रा सार्वजनिक भएको हो । अछामको परिबेश, देशको बर्तमान अवस्था लगायतका सामाजिक बिषयबस्तु माथी गाईजात्रा मार्फत कलाकार साँउदले चित्रण गरेका छन् ।

भेडापानी ईन्टरटेनमेण्टको व्यानरमा सार्वजनिक भएको भिडियोको गणेशजंग रावलले छायांकन तथा निर्देशन गरेका हुन् । गाईजात्रामा साँउदको आफ्नै अभिनय रहेको छ ।

एक दशक भन्दा बढी देखि कलाकारिता क्षेत्रमा क्रियाशिल रहेका साँउदले संचारकर्मी भएर पनि काम गरेको अनुभव पनि छ । पेशाले स्वास्थ्यकर्मी समेत रहेका साँउदका एक दर्जन भन्दा बढी अभियन गरेका गित तथा आधा दर्जन भन्दा बढी आफ्नै गित समेत सार्वजनिक भईसकेका छन् ।

अछामको रामारोशनमा जन्मिएका साँउदले यसअघि फरक पनको नयाँ लयमा दुई भन्दा बढी देउडा गित सार्वजनिक गरी चर्चा बटुलेका थिए । दर्शक र श्रोता सामु चर्चामा रहेका कलाकार जनक साँउद देउडामा नयाँपन दिदैँ उत्कृष्ट कोशेली पस्कदै आएका छन् ।

गितसंगित जस्तै अछामी नौमुठे गाईजात्राले पनि श्रोताको मन जित्न सफल हुने कलाकार साँउदको अपेक्षा छ ।