मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा विमान दुर्घ’टना : पाइलट सहित १७ जनाको ज्या’न गयो

भारतमा विमान दुर्घ’टना : पाइलट सहित १७ जनाको ज्या’न गयो


काठमाण्डौ – भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ । 

दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो । 

विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका भारतीय संचारमाध्यमले जनाएका छन्। 

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।