मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘विभेदी समाज’

‘विभेदी समाज’


  • कृष्ण साउद

व्याक्ति–व्याक्ति, परिवार–परिवार वा वल्लो पल्लो घर मिलेर समाज बन्छ भन्ने कुरा तपाई हामी सबैलाई थाहै भएको कुरा हो । समाजको उत्पति ल्याटिन भाषाबाट भएको हो । एक मानिस र अर्काे मानिस अर्थात मानिस–मानिस बिचको सम्बन्धवाकुनै निश्चित स्थान क्षेत्र भित्रबसोबास गर्ने एउटै खालकानिति,नियम र सिद्धान्तको संस्कारबाट कार्य सम्पादनगर्ने रहन सहन, चालचलन, भेष भुषा, भाषाधर्म र संस्कृतिलाई एउटै माध्यबाट अंगाल्ने मानिसहरुको समुहलाई पनि समाजभन्न सकिन्छ । समाजमा फरक–फरक विचार धाराकामानिसहरु बसोबास गर्छन । त्यसैले समाजमा एउटै खालकामानिसहरुहुँदैन । परिवार–परिवारमाआ–आफ्ना छुटा–छुट्टैमुल्यमान्यताहरु छन् ।

समाजलाई यसो नियालेर हेर्ने हो,भने समाजमाअहिलेपनिकेहीअँध्यारोपन देख्न सकिन्छ । पहिलेको समाज र अहिलेको समाजमादुईवटा फरक–फरक रुपहरुबाट निर्माण भएकाआँखाहरु पनि देख्न सकिन्छ । समाजको नजरमाविभेद छ, विचारमाविभेद छ, व्याक्ति–व्याक्तिमाविद्रोह छ । म सतप्रतिशत समाजमाविभेद छ, विद्रोह छ, भनेर म भन्नपाउन तर पनिपछिल्लो समयमाविस्तारै–विस्तारै समाजमा यो प्रवृति बढ्दै गइरहेको छ ।

मेरो नजरमा समाजमाआजपनि ठुलो भेदभाव छ । अहिले पनि नेपाली समाजमा रुढीवादी, अन्धविश्वास, जात, धर्म, लिङग, छुवाछुतभेदभावअनुसार असमानता छ । अहिले पनिहाम्रो समाजमाकयौँ विभेदकाशिकार छन् । विस्तारै–विस्तारै नेपाली समाजमा स्वार्थीपनको संस्कार नै बसिसक्यो । जातअनुसार मान्छेहरु चिनिन्छन् ।जातको आधारमापानीचल्दैन रे ? घर चल्दैन रे ? ठुुलो जातको घर सानो जातले भित्र बस्न मिल्दैन रे ? मान्छेबाट मान्छेकै हत्या हुन्छ ।मानिसहरुमा एक अर्का प्रतिअनुहारमा एक प्रकारको बिषबोकेर बाँचिरहेका छन ।

आजको समाजमातातताते बोलीबोल्न सुरु गरेकाबालबच्चाहरु को अगाडि धूम्रपान, माद्यकपदार्थ लाई गंगाजल र मन्दिरको दियो बनाउदै जलाई रहेका छन । यिनिहरुलाईपनिदुव्र्यसन बाट दुषितबनाई दिएका छन ?चियापिउने पसलहरु लोपहुदै गए?चियापसलहरुमाचियाहोइन, तिनपाने पाइनथाले । चियाचर्चा होइन कक्टेल चल्नथाले । आजकालमन्दिरमापुजाहुदैन् ।गाजाअड्डाभए?अहिले पनिहाम्रो समाजमामहिलाहरु माथि हेरिने दृष्टिकोण फरक छ ।दिनाहु दिन कुटिएकी छन, पिल्सिएकी छन, मारिएकी छन, दाइजो ल्याएनभनेर कलह छ, छोरा पाइनस भनेर सौताहालिरहेका छन, दिनाहुदिन समाजमाविद्रोह छ ।

कयौँ लेखपढ गरी कलमचलाउने युवायुवतिहरु समाज र परिवारको डरले अन्याय विरुद्द आवाज उठाउन सक्नु हुन्न । आजपनिप्रत्येक घर–घरमा कसैले आँकलनै गर्न नसकिने खालको विद्रोह छ । गाँउ र शहरमायसले राम्रोसँग संस्कार नै बसाइ सक्यो । मान्छेले मान्छेलाई चिँन्न छाडि सकेए ?आजवल्लो पल्लो घरमाबोलचाल छैन, साना–साना कुरामापनि झगडा हुन्छ । दिनभरी एक अर्का बिचकुरा काटेर खिल्ली उडाउदै बस्छन । दाजुभाइदिदीबहिनीहरुमात्यति राम्रो आवतजावत छैन । एक अर्का बिचखुट्टातानातान छ ।आजको समाजमाविकृतिले दिनाहु दिन रफ्तार लिइरहेको छ । भम्रका खेतिहरु भैरहेका छन ।व्याक्तिगत स्वार्थमा एक अर्कामादन्द छ ।

युवा साथिहरु अनावश्यकप्रचार–प्रसारमा सक्रियजालो फिजाइरहेका छन । आजको समाजमा ठग्न पाउनुपर्छ, लुटन पाउनुपर्छ, जे जसरी होस् सातौ पुस्तालाई पुग्ने अकूत सम्पत्तिथुर्पान पाउनुपर्छ । तिनै व्याक्तिहरु समाजमा प्रतिष्ठित सभा–समारोहमा प्रतिष्ठा लिन्छन् । म नै ठुलो हो भन्ने मपाईका विचारहरु प्रकट देखिन्छन । बेरोजगारले आजपनि समाजमाबिथोलिरहेको छ । बुद्मनलाई कुनै गाँउशहर र समाजमागएर कुनैले कोही कसैलाई पात्रबनाएर राख्नु पर्दैन होला । पूर्व होस् या पश्चिम, उत्तरहोस् या दक्षिण कुनै यस्तो गाँउ छैनहोला ।जहाँकायुवाहरु पैसाकमाउन बिदेश नगएका ।

समाजलाई सोचबाट चलाउनु हुन्छ । भने सकारात्मक सोच र विचारबाट चलाउनुहोस् सकारात्मक सोच र विचारकोजनशक्तिउत्पादनको बाटाहरु ल्याउनुहोस । वास्तवमा सामाज एउटा किताब भित्रको ज्ञान हो । जसरी किताबभित्रपानामा रहेका हरेक शिर्षकलाई मात्र पल्टाएर मैले यो किताबलाई राम्रोसँग पढेको छु । बुद्मेकोछु भन्नेर भन्नमिल्दैन । हो, त्यस्तै हो, कुनै पनि समाज ।

समाजकाकमजोरी समेत जान्न जरुरी हुन्छ । सामाजिक सिद्धान्तहरु कुनै होटेल, तिनपाने भट्टीहरु र बियर बारहरुमाजाँदा भेटिदैन । वास्तविक समाजलाई परिवर्तन गर्नुहुन्छ भने समाजमा रहेका कमजोरीहरु सुधारदै एक ढिक्का भएर अघि बढ्न सक्नुपर्छ । केहीपनित्यतिकै आफै बन्दैन् । जुनकुनै सानो प्रयासद्धारा समभव हुदैन ।

समाजलाई अहिले एउटाबाँझो खेतको रुपमा हेर्न सकिन्छ । बाँझो खेतमा जस्तो प्रकारको बिरुवा रोपेर उर्मानु हुन्छ । त्यस्तै प्रकारको बिरुवाउर्मि्रन्छ, न रोपे भने पनिजङ्खलउर्मि्रन्छ । समाज निर्माणमा कतिहातहरु जुटे होलान् । तिहातहरु कतिबलियाथिएहोलान् । जसले सिर्जना गरेर यहाँसम्मपु्याउनु भो ?तिझिनामसिना कुरा होइन् । जुन समाजको जगबसाउनकत्रो त्याग, कतिदुःख, कतिको प्ररिश्रम गरे होलान् । तपाई हामी सबै युवा पिढीहरुले अब हरेक कुरामाख्याल राख्नु पर्छ । अब कुरा रहन्छ नयाँ पुस्ताकायुवाहरुको त्यसैले अबयुवाहरुले विचारलाई सकारात्मक राख्न आवश्यक देखिन्छ ।

जुन कुराले समाजमाभोलीदिगो खुसिको उत्साह र उर्जा दिन्छ । त्यहीकुरा आजहामीसँगहाम्रो समाजमा छैन् ।युवाले अबअवसर खोज्ने होइनअवसर दिनुपर्छ । अबयुवाहरुले सम्भावना र चुनौतीहरु ल्याउनुपर्छ । एउटा असल समाज र स्वास्थ्य समाजभन्नलाई शारीरिक, माानसिक र सामाजिक रुपमा स्वास्थ्यभएको समाजलाई मात्र स्वास्थ्य समाजमान्न सकिदैन् । सकारात्मक स्वच्छ विचारबाट लगाव हुनुपर्छ होइन र ? एउटा सौन्र्दयबाट सजावट सुन्दर अनि परोपकारी, सक्षम, संस्कारी र उद्यमि समाजको निर्माणमा जुटनुपर्छ ।

वास्तविक समाजलाई बुिझ त्यसको शक्तिआँकलनगर्नुपर्छ । समाजलाई सुक्ष्म रुपमा बुझनुपर्छ । त्यसैले स्वच्छ छविबाट समाजनिर्माणहुनुपर्छ । हाम्रो समाजहिमाल, पहाड र तराई झै अटल एकजुट भैइ बस्नुपर्छ । समाजलाई कसैको व्याक्तिगतहित र स्वार्थमाप्रयोगको प्रयोगशालाबन्नदिनु हुँदैन । तपाई हामीले बनाउनखोजेको समाजबलियो उदाहरणिय गर्व गर्नलायक बन्नुपर्छ ।