मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा देखियो कोरोना, आकस्मिक बाहेकका सेवा बन्द

बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा देखियो कोरोना, आकस्मिक बाहेकका सेवा बन्द


अछाम ।

न्याय हेल्थ नेपालद्धारा संचालति बयालपाटा असपतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना भार्यरसको संक्रमण देखिएको छ ।

बिहिबार आज प्राप्त रिपोर्ट अनुसार अस्पतालमा कार्यरत २९ बर्षिया एक पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

अस्पतालले स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिक बाहेका सेवा बन्द गरेको छ । भोली शुक्रबार देखि लागु हुने गरी आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।