मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको चौरपाटीमा चप्पल उद्योग सञ्चालन

अछामको चौरपाटीमा चप्पल उद्योग सञ्चालन

सुदूर आज

अछाम : जिल्लामा पहिलो पटक चप्पल उद्योग सञ्चालनमा आएको छ । जिल्लाको चौरपाटी गाउँपालिकामा युवा व्यवसायी हिमाल साउँद र लोकेन्द्र थापाले १० लाखको लागतमा “एच एण्ड एल” नामक उद्योग स्थापना गरेका हुन् ।

युवा व्यवसायी हिमाल साउँदका अनुसार करिब १० लाखको लागतमा चप्पल उद्योग सञ्चालन गरिएको हो । उनले आफुले उत्पादन गरेका चप्पलहरु जिल्लाभर उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिए ।

चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ । उद्योगमा स्थानीय युवाहरुलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने उनले बताए ।

बाहिरबाट कामदार ल्याउनु भन्दा स्थानीय युवाहरुलाई तालिम सिकाएर रोजगारी दिने आफुले योजना बनाएको उनको भनाई छ । उक्त उद्योगबाट दैनिक झण्डै १ हजार एक सय चप्पल उत्पादन हुने बताईएको छ । उनले अझै पनि सेवा र लगानी थप्ने आफ्नो योजना रहेको बताए ।

अहिले उक्त गाउँपालिकाको वडा नम्बर १ गैरिलेक बाट चप्पल बिक्री गर्न थालिएको छ । माग अनुसार उत्पादन  र बजार विस्तार गर्ने योजना बनाएको अर्का सञ्चालक लोकेन्द्र थापाले जानकारी दिएका छन ।

यसअघि सामान्य चप्पलसमेत बाहिरबाट आयात गरिँदै आएको थियो । अब जिल्लामै चप्पल उत्पादन हुन थालेपछि सस्तो र शुलभ हुने भन्दै स्थानीय खुशी भएका छन ।