मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो


काठमाडौँ – आज (मंगलबार) देशभर कोरोना भाइरसका २५९ जना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना भने संक्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका क्वारेन्टिनमा १०४५२ जना छन् भने ५९२५ जना आइसोलेसनमा छन्।

हालसम्म ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।