मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

सुदूरपश्चिममा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना


काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर बाँकी स्थानमा आंशिक बदली हुने र अपरान्ह पछि सामान्य बदली रहने विभागले जनाएको छ । 

यस्तै आज राति प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच, भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।