मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. पत्रकार तेजु खड्काको स्मृतीमा अक्षय कोष स्थापना गरिने

स्व. पत्रकार तेजु खड्काको स्मृतीमा अक्षय कोष स्थापना गरिने


डोटी- नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा अक्षय कोष स्थापना गर्ने भएको छ । प्रेस युनियनले सोमबार दिपायलमा एक कार्यक्रमको आयोजना गरी अक्षय कोष स्थापनाका लागि विभिन्न संघ, संस्था, व्यक्ति तथा सरकार संग सहयोग आह्वान गर्ने निर्णय गरेको हो ।

स्व. खड्का नेपाल प्रस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष हुन् । उनि तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट रिपोर्टिङ्ग गरी फर्किने क्रममा बेप’त्ता भएका थिए ।

गएको मङ्सिरमा त्यही क्षेत्रमा भेटिएको कङ्काल उनकै भएको डिएनएबाट पुष्टि भएको थियो । युनियनले घट’ना रहस्यपूर्ण रहेको भन्दै घट’नाको गहिरो अनुस’न्धान हुनुपर्ने र उनका परिवारलाई राज्यले राहत उपलबध गराउनु पर्ने माग राख्दै आएको छ ।

घट’ना रहस्यमय र सं’कास्पद भएकाले घट’नाको पुनः गहिरो छानबिन र मृ’तक पत्रकारका परिवारलाई राज्यबाट क्ष’तिपू’र्तीको व्यवस्था हुनु पर्ने प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले बताए । उनले मृ’त्युको कारण पत्ता नलागे सम्म युनियनले निरन्तर उक्त मु’द्धा उठाइराख्ने बताए ।

बैठकमा स्वास्थ्य सामग्री वितरण, रेडियो नेपालबाट विना कारण निस्का’सन गरिएका पत्रकारको पुनर्वाहालीका लागि संघ’र्ष जारी राख्ने लगायतका बिषयमा निर्णय गरिएको छ ।