मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’

युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’


काठमाडौँ – बला’त्कृत चेलीको बेदना र वि’द्रो’ह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ।

गीतको ‘भ्यूज’ सोमबार साँझसम्ममा १० लाख नाघेको छ। गीतमा लोक गायक प्रकाश सपुतको शब्द/सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ। भिडियो निर्देशन पनि सपुतले गरेका हुन्। भिडियोमा नायिका केकी अधिकारी र धु्रव कोइरालाको मुख्य अभिनय छ।

समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ। गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ। “पहिलेदेखि नै तीज गीतमा केही न केही महिलाका विषय उठान हुन्थे”, गायक सपुतले भने, “यसपटक पनि हामीले त्यसैलाई निरन्तरता दिएका छौँ।”

बला’त्कृत हुँदाको महिलाको पीडा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ। अपराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ।बलात्कारपछि मृत्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अपराधी पुरुषको हत्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ।

शक्ति, पहुँच र पैसाका आडमा बलात्कारका दोषी उम्कने प्रवृत्तिमाथि पनि गीतले तीखो व्यङ्ग्य गरेको छ। समाजमा विद्यमान लैङ्गिक विभेद, छोरीछोरीबीचको असमानता जस्ता विषय पनि गीतमा अभिव्यक्त भएका छन्। सपुतको दुई वर्षअघि सार्वजनिक लोकगीत ‘बोल माया’ पनि त्यसबेला युट्युब ट्रेन्डिङको शीर्ष स्थापनमा पुगेको थियो।

गीत विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको कथा÷व्यथामा आधारित छ। गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ। गायक सपुत गीत तयार गर्दा विषय वस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने बताउछन्। गीतको मर्म र भावलाई भिडियोमा सजीव ढङ्गले उतार्न निर्देशकका हिसाबले सपुत सफल छन्।

आफ्ना हरेक गीतको भिडियो निर्देशन उनी आफैँ गर्छन्। सपुतको गत वर्ष सार्वजनिक लोक दोहोरी गीत ‘गलबन्दी’ पनि चर्चाको शिखरमा पुगेको थियो। त्यस गीतले अहिलेसम्म युट्युबमा चार करोड बढी भ्यूज बटुलेको छ। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मीएका गायक सपुत चलचित्र परदेशी–२ मा नायकका रुपमा देखिँदै छन्।