मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पवन मधुश्रीको “आमा” सार्वजनिक (भिडियो सहित)

पवन मधुश्रीको “आमा” सार्वजनिक (भिडियो सहित)


अछाम । साहित्यप्रेमी एवंम कलाकार पवन मधुश्रीको आमा बोलको लोक गित सार्वजनिक भएको छ । अछामको समग्र बस्तुस्थिती र आमाहरुले आफ्ना सन्तानको लागि गरेको कर्मका बारेमा गित मार्फत प्रष्ट पार्न खोजिएको लोक गित सार्वजिनक भएको हो ।

हाईलाईट्स नेपाल च्यानल मार्फत सार्वजनिक भएको गितमा मधुश्रीको आफ्नै लय र शब्द तथा प्रमोद माझीको स्वर रहेको छ भने बिनोद बिकले ऐेरेन्ज गरेका हुन् । धिताल फिल्मस् प्रालीले निर्माण गरेको गितलाई निर्देशन दिनेश ठकुल्ला र सम्पादन रोशन धितालले गरेका हुन् ।

गितमा मधुश्री संगै, बिमला माझी, चन्द्रिका शाही, हस्तबहादुर माझी, भिमबहादुर रावलको अभिनय रहेको छ भने बाल कलाकारको भुमिकामा जेनिशा शाही, देवराज माझी र आवश माझी रहेका छन् ।

पधुश्रीले आफ्नो गितलाई आफ्नी आमा रुपा माझी संगै रोजीरोटीको लागि जन्म दिने आमा, घरपरिवार र जन्मभुमी छोडेर बिदेशिन बाध्य नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सर्मपित गरेका छन् ।

सरकारी सेवामा रहेका पवन मधुश्रीले पछिल्लो समयमा जिल्लाको समग्र बस्तुस्थिती झल्कीने र ईतिहासका बारेमा गित सार्वजनिक गर्दै आईरहनु भएको छ ।

साहित्य नाम पवन मुधश्री भएपनि उनको वास्तविक नाम पदम बहादुर माझी हो । माझी पञ्चदेवल बिनायक नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतको रुपमा कार्यरत हुनुहन्छ । उनको यसअघि नेपालको ईतिहास बोलको गित सार्वजनिक भईसकेको छ ।