मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाइरसका सक्रिय संक्रमित २७.६ प्रतिशत

कोरोना भाइरसका सक्रिय संक्रमित २७.६ प्रतिशत


काठमाडौँ – नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका मध्ये हाल २६.७ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २९० जना, २ मा २३५७, बागमतीमा ६५१, गण्डकीमा २७२, प्रदेश ५ मा ३१५, कर्णालीमा २९८ र सुदूरपश्चिममा १५४९ जना सक्रिय संक्रमित छन्।

देशभर कुल २० हजार ७५० जनामा संक्रमण भएकोमा अहिले ५ हजार ७३२ जना सक्रिय संक्रमित छन्। यस्तै १४ हजार ९६१ जना काेराेनामुक्त भएका छन्। याे कुल संक्रमितकाे ७२.६ प्रतिशत हाे।

यस्ते काेराेनाबाट ५७ जनाकाे निधन भएकाे छ। याे कुल संक्रमितकाे ०‍.२८ प्रतिशत हाे।

प्रदेश १ मा २९०, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमतीमा ६५१ जना र गण्डकीमा २७२ जना सक्रिय संक्रमित छन्।

यसैगरी प्रदेश ५ मा ३२५ जना, कर्णाली प्रदेशमा २९८ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ५४९ सक्रिय संक्रमित रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। – नेपालसमय