मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोना संक्रमितको संख्या २० हजार ७५० पुग्यो

देशभर कोरोना संक्रमितको संख्या २० हजार ७५० पुग्यो


काठमाडौं –

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४१८ जना संक्रमित थपिएका छन्।

योसहित देशभर कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। अघिल्लो दिन देशभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ रहेको छ भने देशभरका क्वारेन्टिनमा १० हजार ४५२ जना रहेका छन् ।

हालसम्म देशभरबाट संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

हालसम्म मुलुकमा ४ लाख ९८ हजार ९०७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५७ पुगेको छ ।