मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बँदेल मार्न थापेको करेन्ट लागेर दाजुभाइको मृ’त्यु

बँदेल मार्न थापेको करेन्ट लागेर दाजुभाइको मृ’त्यु


दाङ – जंगली जनावर बँदेल मार्न मकैबारीमा थापेको करेन्ट लागेर दाङमा दुई दाजुभाइको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा घोराही उपमहानगरपालिका–१ हर्नौकका १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावत छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार करेन्ट लागेर उनीहरुका बुवा ३७ वर्षीय दिलबहादुर रावत घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बँदेलले मकै खाएर हैरान तुल्याएपछि मार्न भनेर करेन्टको धराप थापेका थिए।आइतबार बेलुकी थापेको धरापमा बँदेल परेको छ कि भनेर सोमबार हेर्न जाँदा उक्त घटना घटेको हो।

‘सुरूमा तेजबहादुरले धराप हेर्न पुगेछन्। उनलाई करेन्ट लागेपछि तान्न गएका वीरबहादुरलाई पनि करेन्ट लागेछ,’ डिएसपी खड्काले भने, ‘दुबै दाजुभाइको घटनास्थलमै मृ’त्यु भएको छ।’

खड्काका अनुसार दुबै छोरा करेन्ट लागेर लडेपछि आत्तिँदै अगाडि बढेका दिलबहादुरलाई पनि करेन्ट लागेको थियो । उनी भने बाँच्न सफल भएका छन्। – नेपालसमय