मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरियो जनै, बाँधियो रक्षाबन्धन

फेरियो जनै, बाँधियो रक्षाबन्धन


काठमाडौं । हिन्दु धर्म संस्कृतिअनुसार जनै पूर्णिमा तथा रक्षाबन्धन सोमबार मनाइएको छ । आजै तराईबासीले राखी पनि मनाएका छन् । हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ ।

यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ ।

आज राजधानीको विभिन्न धार्मिक पीठ तथा देवालयमा हिन्दु धर्मावलम्बीहरू जनै तथा रक्षाबन्धन लगाउन आएका भेटिए ।  राजधानीको पशुपतिनाथ, कलंकीमाई तथा मातातिर्थमा जनै फेर्न तथा स्नान गर्न आएको भेटिए ।

यो वर्ष विश्वव्यापी महामारी कोभिड-१९ का कारण गत वर्षको तुलनामा धेरै मनिस देखिएनन् । जनै तथा रक्षा बन्धन गर्न र स्नान गर्न आएकाहरू पनि कतै मास्क लगाएका भेटिए, कतै मास्कबिना त्यो पनि भिड गरेर ।

यस्तै अछाम जिल्लामा पनि जनै पुर्णिमा तथा रक्षाबन्धन मनाइएको छ। जील्लाका बिभिन् धार्मिक स्थल तथा सक्ति पिठहरुमा जनै फेरेर राखी बाधेर मानिएको हो। नेपालका चार धाम मध्यको एक बैद्यनाथ धाममा पनि जिल्लाका नागरिकले जनै तथा राखी बाधेका छन्।