मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाटेश्वरी मेलामा सयौँ बोकाको बली चडाईदै

नाटेश्वरी मेलामा सयौँ बोकाको बली चडाईदै


बाजुरा – जिल्लाको बडिमालिका बुडिनन्दा पछिको दोस्रो धामको रुपमा रहेको नाटेश्वरीमा जनैपुर्णिमाकाे अवसर मेला सुरु भएको छ । बडिमालिकाको दर्सन पछि नाटेश्वरीमा पुजाआजा गर्नुका साथै मेला लाग्ने गर्दछ ।

बडिमालिकाबाट आउने भक्तजनहरु आज नाटेश्वरीमा कालिका देबीको रुपमा पुजा गर्ने गर्दछन । कालिका देबीको नाममा आजै सो क्षेत्रमा हजारौको संख्यामा बोकाको बलि चढाउने गर्दछन ।

बडिमालिकामा सोचेको पुरा होस र पाप नस्ट होस भनेर पुजा गरेर आएका भक्तजनहरु नाटेश्वरी पुगेर ग्रह शान्तीको लागि बोकाको बलि दिने गरेको स्थानय गगन अएडीले बताए । सो क्षेत्रमा आज बिहानै देखी बडिमालिका बाट आउने र बिभिन्न ठाउँबाट त्यहा पुजाका लागि जाने गरेको स्थानीयले बताए ।

अघिल्लो बर्षहरुमा १ हजार भन्दा बढि बोकाको बलि चढाउने गरेको भए पनी यस बर्ष भने त्यो सख्या घटेको स्थानीयले बताएका छन । कोरोना भाइरसको त्रासका कारण यो बर्ष धेरै मान्छेहरुले आवत जावत गर्न नपाएका कारण सो क्षेत्रमा यस बर्ष अघिल्ला बर्षहरु जस्तो नभएको नाटेश्वरीबाट स्थानीय मिलन अएडीले जानकारी दिएका छन ।

धेरै जसो मान्छेले कोबिट १९ को त्रासका कारण नआएको हुन सक्ने उनले बताए । यस बर्ष बडि मालिका र बुढिनन्दामा जाने तिर्थयात्रीमा पनी कमी आएको बुढिनन्दा दर्सन गर्न गएका तिर्थयात्री तुलाराम जैशीले बताए ।

कोरोना महामारीका कारण धेरे ठाउँको आगमनमा रोक लगाएको र भिडभाड हुने डरले पनी नजिकैका मान्छेहरुको पनी उपस्थिती कमै भएको जैशीले बताए । त्यसै गरी यस बर्ष बडिमालिका तिर्थ यात्रामा जानेहरुको सख्यामा पनी निकै कम उपस्थिती देखीएको बताएका छन ।