मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख पुग्यो

भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख पुग्यो


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा १७ लाख ५० हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

भारतमा ३७ हजार ३६४ कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार भारतमा ५४ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् भने ८५३ जनाको मृत्यु भएको छ । 

भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ । 

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८० हजार ८९४ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७६ लाख ६० हजार ५२३ पुगेको छ ।