मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक अर्को भू-स्वर्ग: बाजुराको सैन क्षेत्र

एक अर्को भू-स्वर्ग: बाजुराको सैन क्षेत्र


प्रकाश सिंह, बाजुरा : सैन क्षेत्र बाजुराको बाजुराको सर्वाधिक विकट ठाँउमा रहेको छ। जिल्लाको हिमाली गाँउपालिका –३ मा रहेको सैनमा कसैको आँखा नपर्र्दा यस क्षेत्रलाई ‘भर्जिन’ भन्दापनि फरक नपर्ला।

हुम्ला, बाजुरा र बझाङ्गको बिचमा पर्नेे सैन क्षेत्र र सैन हिमाल क्षेत्रले पर्यटकिय हिसावले निकै प्रचुर सम्भाबना बोकेको छ। सैन क्षेत्र सुन्दरताले निकै भरिपूर्ण रहेको छ। १४ हजार फिट भन्दा माथि रहेको सैनमा हरियाली फाटहरु, ढकम्क फुलेका फुलहरु हेर्दा मनै लोभिने गरेको छ। जाँदा बाटोमा होटलहरुको व्यवस्था नभएपनि गोठालाहरुले दर्शनार्थीहरुको भव्य स्वागत सत्कार गर्ने गर्दछन्। वर्षायाममा पनि सैन हिमाल सेत्तामे हिँउ समेत देख्न पाइने गरेको छ।

यो क्षेत्र पुग्न बाजुराको सदरमुकामा मार्तडीबाट एक साता लाग्ने गरेको छ। सदरमुकाम मार्तडी कोल्टि, कबाडी हुदै गुम्बा भएर उक्त क्षेत्रमा जानुपर्ने हुन्छ। वर्षातको समयमा भोटेजन जातिले सैन क्षेत्रमा भेडा, चौरी गाई घोडा लिएर तिनमहिना सम्म चरिचरन गर्ने गरेका छन्। यो क्षेत्र भएर हुम्ला हुँदै चिनको ताक्लाकोट जान सबैभन्दा छोटो बाटो हुने गरेको स्थानीयले बताएका छन्।  

तर पहिचान र प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए। सैपाल हिमालसँग जोडिएको सैन हिमाल, ताल, दुधकुन्ड, पाटन र जडिबुटिको प्रचुर सम्भावना भएपनि कतैबाट पहिचान र प्रचार नभएको अध्यक्ष मल्लले बताए।

जडिबुटिको मुख्य भण्डारको रुपमा लिने गरेको गुम्बाका जगत लामाले बताए। उनका अनुसार सरोकारवालाको ध्यान नपुग्दा सैन क्षेत्रको अस्थित्व गुम्दै गएको छ। अहिलेसम्म त्यस क्षेत्र र तालहरुको पहिचानमा सरकारले कुनै चासो नदेखाएको लामाले बताए। 

हिमाली गाँउपालिकाले उक्त क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पहिलो पटक कार्यपालिकाको बैठक र स्थलगत भम्रण गरेको छ। पर्यटकिय हिसाबले निकै सम्भाबना बोकेको भएपनि सो क्षेत्रमा आवतजावत गर्न निकै समस्या रहेको कृषि जेटिए जुना बिष्टले बताइन। यसको प्रचारसँगै जाने आउने बाटोको राम्रो व्यवस्थापन हुनुपर्ने बिष्टले बताइन।

त्यहाँ रहेको तालको संरक्षण र प्रचार प्रसारमा सरकारको ध्यान जाने हो भने उक्त क्षेत्र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित हुने हिमाली गाँउपालिका –३ का वडाअध्यक्ष ध्यानबहादुर रोकायाले बताए।