मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा १६ लाख ९६ हजार कोरोना संक्रमित

भारतमा १६ लाख ९६ हजार कोरोना संक्रमित


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ९५ हजार ९८८ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३६ हजार ५११ कोरोना संक्रमितको मृत्यु भएको छ ।   

शुक्रबार भारतमा ५७ हजार ११८ कोरोना संक्रमित थपिएका छन् भने ७६४ जनाको मृत्यु भएको छ । 

भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ । 

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ७५ हजार ६० को ज्यान गइसकेको छ ।

संक्रमितको संख्या १ करोड ७३ लाख ९६ हजार ९४३ पुगेको छ ।