मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरुषहरु आकर्षित हुने महिलाका यी ७ कुराहरु – जानी राखौ

पुरुषहरु आकर्षित हुने महिलाका यी ७ कुराहरु – जानी राखौ


पुरुष र महिला भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । पुरुषहरुले महिलाका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो महिलाहरुले ध्यान दिने गरेका हुन्छन् ।

यसका लागि महिला-पुरुष दुवैले आफ्नो रुचि अनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।

कतिपय पुरुषको बानी महिलाहरुलाई मन पर्दैन भने महिलाका केहि बानी पुरुषलाई मन पर्दैन । यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाई रहनु भएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो लेख पढ्नुहोस् ।

कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । महिलाका यी ७ कुराहरुमा आकर्षित हुन्छन् पुरुषहरु, जानी राखौ ।

१. आत्मविश्वास – पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा खुव विचार गर्छन् ।

२. मुस्कान – त्यसैगरी महिलाको अर्को महत्वपूरर्ण कुरा जुन पुरुषलाई आकर्षित गर्छ त्यो हो मुस्कान । स्त्री मुस्कानमा पुरुष घाइते हुन्छन् ।

३. इन्मान्दारिता – पुरुषले महिलामा खोज्ने अर्को महत्वपूर्ण कुरा इन्मान्दारिता हो । इमान्दारितालाई पुरुषले सुन्दरतालाई भन्दा बढी महत्व दिन्छन् ।

४. कम खर्चालु – कुनै पनि पुरुषले आफू निकट रहेको महिला कम खर्चिलो होस् भन्ने चाहन्छन् । महिलामा खर्चिलो बानी भए पुरुषहरु तर्किने गर्छन् ।

५. हाँसी मजाक गर्ने क्षमता – हाँसी मजाक गर्ने क्षमता भएकी महिला पनि पुरुषको नजरमा पर्छन् । कुनै पनि समस्या पर्दैमा नआत्तिने र हाँसि मजाक गर्न सक्ने स्त्री पुरुषलाई मन पर्छ ।

६. बुद्धिमान – कुनै पनि पुरुषलाई नचाहिने र अशभ्य ब्यवहार गर्ने महिला मन पर्दैन । बुद्धीमान महिला जसले अवस्था अनुसारको ब्यवहार गर्न सक्छन् त्यस्ता सँग भने पुरुष आकर्षित हुन्छन् ।

७. कामुकता – कामुकता पनि स्त्रीमा पुरुषले खोज्ने अर्को गुण हो । पुरुषले महिलाको शरीरमा मात्र होइन ब्यक्तित्वमा नै कामुकता खोजिरहेको हुन्छ ।