मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनाइटेड गु्रप धनगढीका अध्यक्ष खड्काको पहलमा अछामका बाढी पीडितलाई खाद्यान्न सहयोग

युनाइटेड गु्रप धनगढीका अध्यक्ष खड्काको पहलमा अछामका बाढी पीडितलाई खाद्यान्न सहयोग


अछाम । युनाइटेड गु्रप धनगढीका अध्यक्ष मोहन खड्काले आफ्नो पहलमा अछाममा रहेका बाढी पीडितहरूका लागि खाद्यान्न सामाग्री वितरण गरिएको छ । बाढीपहिरो पिडित भएका जिल्लाको कमल बजार नगरपालिका वडा नम्बर ६ का १५ भन्दा बढी घरधुरीलाई ५५ हजार बराबरको खाद्यान्न वितरण गरिएको खड्काले बताए ।

नेपाल घर भई हाल विदेशमा बसोबास गर्दै आएका नेपाली मनहरूले बाढी पीडितहरूका लागि आर्थिक सहयोग गरेको र तेहि रकमबाट शनिबार पिडितलाई उनिहरुलाई प्रत्येक परिवारलाई एक कट्टा चामल, दाल, नुन, साबुन, तेल लगायतका सामाग्री हस्तान्तरण गरेको अध्यक्ष खड्काले बताए ।

जिल्लामा रहेका विपन्न परिवारका लागि केही सहज होस् भन्ने उद्देश्यले आफूहरूले सो कार्य गरेको उनको भनाई छ । यस्तै वडा नं. ६ मै रहेको एक विद्यालयलाई समेत स्वास्थ्य सामाग्री समेत प्रदान गरेको जनाएको छ । यो सहयोग अभियानमा बलबहादुर खड्काको समेत सहयोग रहेको उनले बताए ।

वडा नम्बर ६ का वडा अध्यक्ष राम बहादुर शाहिले विपतको समयमा गरेको यो कार्यप्रति धन्यावाद व्यक्त गर्दै आगामी दिनमा पनि युवाहरुले यस्तै सकरात्मक कार्य गर्न सुझाब दिएका छन ।
समस्यामा परेका नागरिकहरुलाई आफुहरुले आगामी दिनमा समेत सक्दो सहयोग गर्ने र अभियानलाई निरन्तरता दिने सहयोग अभियानका संयोजक तथा युनाइटेड गु्रप धनगढीका अध्यक्ष मोहन खड्काकाको भनाई छ ।