मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराेले एकै घरका चार जनाको ज्या’न ग’यो

पहिराेले एकै घरका चार जनाको ज्या’न ग’यो

सुदूर आज

गुल्मी । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । 

पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।  

शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेकाले घर पुरिएको बताइएको छ । पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव निकाली सकिएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रिडी र प्रहरीचौकी जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ । रासस