मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले गर्यो सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान

कांग्रेसले गर्यो सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान


काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्वर्ण पदक विजेतालाई प्रति खेलाडी १० हजारका दरले सम्मान गरेका थिए । एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप पाँच हजार दिइएको छ ।

जसअनुसार सागमा चार वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै दुई वटा पदक जित्ने तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरिएको छ ।

नेपालले सागमा स्वर्ण, रजत र कास्य गरी दुई सय ६ पदक प्राप्त गरे पनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपि रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल पदक २०६ जितेको थियो ।