मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनिता दुलालको ‘बेसी मेलैमा’ सार्वजनिक

सुनिता दुलालको ‘बेसी मेलैमा’ सार्वजनिक


काठमाडौं । गायिका सुनिता दुलालको नयाँ गीत सार्वजनिक भएको छ । ‘बेसी मेलैमा…’ बोलको लोकदोहोरी लिएर सुनिता दर्शक तथा स्रोतामाझ आएकी हुन् । 

वैदेशिक रोजगारी, त्यसले श्रीमति तथा छोरोछोरीमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, महत्वाकांक्षी मानवीय स्वाभाव, भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको विषम परिस्थिती समेटिएको गीत नेत्र अर्यालले लेखेका हुन् । 

खुमन अधिकारीको संगीत रहेको गीतमा सुनितालाई पुरुष भोकलमा खुमन स्वयंले साथ दिएका छन् । समूह गायनमा सुनितामी परियार, पुस्प बोहरा, खेम सेन्चुरी र किरण विकको स्वर छ ।  

शिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटा फिचर्ड छन् ।