मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १२ सय ५० जनाले गरे कोरोना बिमा

अछाममा १२ सय ५० जनाले गरे कोरोना बिमा


साँफेबगरका मेयर कुलबहादुर कुँवरलाई चेकको प्रतिलिपी हस्तान्तरण गर्दै युनाइटेड इन्सुरेन्स कम्पनीका शाखा प्रमुख प्रेम रेग्मी। तस्बिर : गीता कुँवर

अछाम : साँफेबगर नगरपालिकाले ४ सय २५ जनाको कोरोना बिमा गरेका मध्ये ११ जनाले एक लाखका दरले रकम प्राप्त गरेका छन् । नगरपालिकाले २ लाख ५२ हजार खर्च गरेर जनप्रतिनिधि र स्वास्थकर्मीको कोरोना बिमा गरेको थियो । 

प्रतिव्यक्ति ६ सयका दरले बिमा गरिएको हो । १ सय ५६ जना संक्रमितमध्ये ७ जना स्वास्थकर्मी र ४ जना जनप्रतिनिधि संक्रमित भएका थिए । उनीहरुले प्रति व्यक्ति १ लाखका दरले रकम प्राप्त गरेको नगर प्रमुख कुलबहादुर कुँवरले बताए । 

उनले भने, ‘अग्रपंक्तिमा रहेका जनप्रतिनिधि र स्वास्थकर्मीको बिमा गरेका छौं, ४२५ जनामध्ये १४१ जना महिला स्वयम सेविका छन्।’ बान्नीगढी जयगढ गाउँपालिकाले पनी जनप्रतिनिधि र स्वास्थकर्मी गरी ५२ जनाको कोरोना बिमा गरेको छ ।

४१ जना स्वास्थकर्मी र ११ जना जनप्रतिनिधिको कोरोना बिमा गरेको हो । अछाममा १२ सय ५० जनाले कोरोना भाइरस बिमा गरेको युनाइटेड इन्सुरेन्स कम्पनीका अछाम शाखा प्रमुख प्रेम रेग्मीले बताए ।

देशभरीमा ६ लाखको हाराहारीमा कोरोना बिमा गरिएको उनले बताए । उनले भने, ‘सबैभन्दा बढी साँफेबगर नगरपालिकाले गरेको छ। बान्नीगढी जयगढ गाउँपालिकाले पनि बिमा गरेको छ। जिल्लामा रहेका गैरसरकारी संस्थाले पनि कोरोना बिमा गरेका छन्।’ देशभरीमा ३५ जनाले भुक्तानी लिएका र ३२ जना पाउने प्रक्रियामा रहेको रेग्मीले  बताए ।