मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण


पर्सा – वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा परीक्षण गराउँदा उनमा कोरोना संक्रमण आज पुष्टि भएको हो।

काठमाडौं जाने क्रममा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि उनी हिजो (बुधबार) चेकजाँचका लागि अस्पताल पुगेका थिए। चिकित्सकले उपचारअघि पीसीआर परीक्षण गनुपर्ने बताएपछि उनको स्वाब संकलन गरिएको थियो।

यसैबीच, मेयर सरावगीले नगरवासीलाई सम्बोधन गर्दै आफू अहिले उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। उनले आफू छिट्टै कोरोना जित्ने अपेक्षा पनि गरेका छन्।