मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोट पहि’रो अपडेट : थप २ जनाको ज्या’न गयो

कालीकोट पहि’रो अपडेट : थप २ जनाको ज्या’न गयो


कालीकोट – जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ६ काे बोटगाउँमा गएकाे पहिरोमा परेर थप दुई जनाको ज्या’न गएको छ । पर्शुराम सज्याल र तारा सज्यालको ज्या’न गएको जिल्ला प्रहरी कार्यालय कालीकोटाले जनाएको छ ।

खानेपानीको पाइप जोड्न खोलामा गएको समयमा पर्शुरामको र भैंसीखर्क जाने क्रममा ताराको ज्या’न गएको प्रहरीको भनाइ छ । यो सँगै कालीकोटमा गएकाे सोमबारदेखि बिहीबारसम्म पहिरोमा परेर १६ जनाको ज्या’न गएकाे छ । ६ जना घाइते भएका छन् ।

पहिराेमा बेप’त्ता भएका चार जनाको खोजी भइरहेको छ । पहिरोले २० वटा घर पूर्णरुपमा भत्किएकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएको छ ।