मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दिप सीपीएलका लागि ट्रिनिडाड​ जाँदै

सन्दिप सीपीएलका लागि ट्रिनिडाड​ जाँदै

सुदूर आज

काठमाण्डाै – नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड​ जाँदैछन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभए पनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् ।

उनी बिहिबार आज दक्षिण कोरिया हुँदै अमेरिकाबाट सेन्ट लुसिया पुग्नेछन् । त्यसपछि उनलाई उनको टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ ।अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सरकारले सहजिकरण गरेको हो ।  

सन्दीप बिहीबार बिहान साढे १० मा नेपालबाट हुने चार्टड उडानबाट जाने तय भएको बताइएको छ ।सीपीएल आयोजक र टिम जमैका तलवाहले अगष्ट एक तारिखसम्म ट्रिनाड पुग्न भनेको थियो । यो बीचमा अन्तर्राष्ट्रिय उडानका कारण उनको यात्रा अनिश्चित जस्तै भएको थियो ।

तर, अन्तिम समयमा दौडधुप गरेपछि सन्दीप जाने समय र फ्लाइट पक्का भएको हो । सन्दीपले सिपीएल खेल्न जानका लागि मंगलबार गरेको कोरोना परिक्षण नेगेटिभ आएको छ । सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनु अघि आफ्नो देशमा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर आउन पनि भनेको थियो ।

उनी बिहीबार काठमाण्डौबाट उडे पनि आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दीप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । जसमा उनी ९० हजार अमेरिकी डलरमा अनुबन्ध भएका छन् ।