मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटमा पहि’रोमा पुरि’एर ९ जनाको मृ’त्यु

कालीकोटमा पहि’रोमा पुरि’एर ९ जनाको मृ’त्यु


काठमाडौं– कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहि’रोमा पुरि’एर ९ जनाको मृ’त्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार राति नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नम्बर ७ को बाँगामा पहि’रोले घर पुर्दा ९ जनाको मृ’त्यु भएको हो।

बाँगामा पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुर्दा उनीसहित ६१ वर्षीया पत्नी नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको कालीकोटका डीएसपी श्याम ओलियाले जानकारी दिए।

उनका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। एकजनाको उपचारका क्रममा मृत्यु भएको हो। गोदीमा पनि पहिराेमा पुरिएर दुईजनाको ज्यान गएकाे छ। ६५ वर्षीय बाले बुढा र उनकी ६५ वर्षीया पत्नीको मृत्यु भएको छ।

सदरमुकाम र आसपास क्षेत्रबाट खटिएका सुरक्षाकर्मी उद्धारमा जुटेका छन्। घटनास्थल सदरमुकाम मान्मादेखि १८ कोस टाढा पर्छ।