मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा २८ जनामा कोरोना पुष्टि, जसमा दैलेखको मात्रै २५ जना

कर्णालीमा २८ जनामा कोरोना पुष्टि, जसमा दैलेखको मात्रै २५ जना


सुर्खेत- कर्णाली प्रदेशमा आज २८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरीएको परीक्षणमा ४ जना र दैलेख अस्पतालको प्रयोगशालामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये २५ जना दैलेखका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नारायण नगरपालिका वडा नं. १, ४ र ५ का ४–४ जना, वडा नं. २ का २ जना, वडा नं. ८ का ७ जना, वडा नं. ९, ११, १२ र दुल्लु नगरपालिका वडा नं. ५ का १-१ जना छन्।

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १२ का २ जना र पञ्चपुरी नगरपालिका वडा नं. ५ का १ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ८७९ जना पुगेको छ।

त्यस्तै आजै दैलेख अस्पतालबाट ३ जना, सुर्खेतको प्रदेश अस्पताल र लेखबेशी आइसोलेसनबाट १-१ जना गरी ५ जना डिस्चार्ज भएका छन्।

योसँगै संक्रमितमध्ये १ हजार ६४४ जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए। – नेपाल समय