मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीपको ठक्करबाट दाङमा एक जनाको ज्या’न गयो, चार घा’इते

जीपको ठक्करबाट दाङमा एक जनाको ज्या’न गयो, चार घा’इते

सुदूर आज

दाङ – जिल्लाको राप्ती गाउँपालिका-८ पिपरीमा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको ज्या’न गएको छ । तीन बालबालिकासहित ४ जना घा’इते भएका छन् ।

शनिबार बेलुकी बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका पिपरीकै ४८ वर्षका राजकुमार चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राति ज्या’न गएको प्रहरीले जनाएको छ । 

तीन बालबालिकासहित एक युवतीलाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ । जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।